Logo

पहिरोले कुन कुन राजमार्ग र सडक बन्द



काठमाडौं । गएरातिको वर्षाले पहिरो जाँदा देशका केही राजमार्ग तथा सडक अवरुद्ध छन् । गृहमन्त्रालयका अनुसार छ वटा राजमार्ग तथा सडकका केही खण्ड बन्द छन् ।

बन्द रहेका राजमार्ग तथा सडकहरुः
भदौरे खोलामा पहिरो जाँदा सिद्धिचरण राजमार्गको कटारी न.पा.४ घुर्मीमा पहिरो गएको छ । हेलेसी टुवाचुङ नगरपालिका ७ लोकेबरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग बन्द छ । गगने खोलामा पहिरो कर्णाली राजमार्ग बन्द छ ।

यसैगरी, गोसाइकुण्ड गाउँपालिका ५ स्थित तातोपानीमा पहिरो जाँदा स्याफ्रुबेशी मैलुङ्ग सडक बन्द छ । इन्द्रसरोवर गाउँपालिका ३ मा पहिरो जाँदा दक्षिणकाली सिस्नेरीको बाटोबाट हेटौंडा जाने सडक बन्द छ । भट्टेडाँडा आग्राङ टुङगुनमा पहिरो जाँदा कान्ती लोकपथ बन्द छ ।
सडक खुलाउन प्रयास भइरहेको जनाइएको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्

Screenshot