Logo

मनसुनले मृत्यु हुनेको संख्या ११३ पुग्यो, ३८ वेपत्ता



काठमाडौं । यस वर्षको मनसुनका कारण देशका ६७ जिल्लामा जनधनको क्षति पुगेको छ । गृह मन्त्रालयका अनुसार १० साउन साँझसम्ममा ११३ को मृत्यु भएको तथ्यांक संकलन भएको छ ।

३८ जना अझै वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । ६७ घाइते छन् । घाइतेमध्ये सबैजसो सामान्य उपचारपछि घर फर्केका छन् ।
गृहले राहत कार्यहरु भइरहेको जनाएको छ । सबैभन्दा बढी पहिरोका कारण मृत्यु भएको छ । त्यसपछि बाढीले बगाएर र डुबानका कारण मृत्यु भएको छ ।

यस वर्ष लगातार वर्षा हुँदा तराईका अधिकांश जिल्लाहरु डुबानमा परे । पहाडमा पहिरोको समस्या पर्यो ।



प्रतिक्रिया दिनुहोस्