Logo

‘माधव नेपाललाई विदेश विभाग दिनुहुँदैन’



काठमाडौं, ११ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीका सचिवालय सदस्यहरु कसैलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सचिवालयका कोही पनि सदस्य पनि स्कुल विभागको नेतृत्व दिनुहुँदैन् । बरु, स्थायी समिति र केन्द्रिय समितिबाट ल्याउनुपर्छ ।’

उनले पूर्व प्रधानमन्त्री भैसकेकाहरुले त झनै कुनैपनि विभागको नेतृत्व लिन नहुने धारणा राखे । उनले नामै लिएर पूर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधव कुमार नेपाललाई विदेश विभाग दिन नहुने जिकिर गरे । त्यस्तै, झलनाथ खनाल र वामदेव गौतमलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने उनको सुझाव छ ।

उनले थपे,‘यदि उहाँहरुलाई विभागको नेतृत्व दिईयो भने पार्टीभित्र द्धन्द्ध र विवाद हुन्छ । यो एकता दिगो होईन । भरपर्दो हुँदैन् । महाधिवेशन नभएसम्म एकताको महत्व छैन् ।’

नेकपामा ३२ विभागमध्येको एक स्कुल विभागलाई शीर्ष नेताहरुले नै आफ्नो व्यक्तिगत स्वार्थ हेर्दा  विवाद लम्बिएको छ । सांगठनिक एकता स्कुल विभागकै कारण पूरा हुन सकेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पटक–पटक ‘वान टु वान’ छलफल गरेपनि स्कुल विभागको नेतृत्वबारे सहमति जुट्न सकेको छैन ।  आन्तरिक किचलोकै कारण सचिवालय बैठक दुईपटक स्थगित भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot