Logo

मोटरसाइकल चेकजाँचका क्रममा लागूऔषध



भक्तपुर । प्रहरीले लागूऔषधसहित दुईजनालाई १० साउनको साँझ मध्यपुर ठिमी नगरपालिका(३ कौशलटारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालुटार बस्ने २३ वर्षीय दिपु राज कर्णिकार र काठमाडौं चन्द्रागिरी नगरपालिका(४ झौखेल बस्ने २५ वर्षीय शम्भू गोले छन् ।

उनीहरुका साथबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट ३० पिस बरामद भएको छ। उक्त स्थानमा बा।९२ प ४७५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, मोरङ, सुन्दरहरैचा नगरपालिका-१० स्थित खोर्साने चोकबाट सुनसरी धरान उपनगरपालिका-१७ बस्ने २८ वर्षीय बिमल श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ ग्राम र लुप्रिजेसिक ९ एम्पुल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले को ३३ प ६६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot