एजेन्सी । जुत्ताको मूल्य एक लाखसम्म पर्ने पत्याउन मिल्छ । तर, एक जोर जुत्ताका लागि करोडौं तिर्न तयार हुनेहरु देखिएका छन् । त्यो पनि पुराना जुत्ता । लिलाम बढाबढीमा पुराना जुत्ताहरुका लागि करोडौं तिर्न तयार हुन्छन् व्यापारीहरु ।
ऐतिहासिक जुत्ताहरुलाई पुराना सामान संकलनकर्ता तथा व्यापार गर्नेहरुले करोडौं खर्च गरेर किन्न थालेका हुन् । उनीहरुले जुत्ता देखाएर वा पछि फेरि बढी मूल्यमा विक्री गरेर रकम आर्जन गर्न थालेका छन् ।
नाइक कम्पनिले सन् १९७२ को म्युनिख ओलम्पिकको लागि कम्पनिका संस्थापक बिल बोअरम्यानले डिजाइन गरेको जुत्ताको मूल्यमा विक्री भएको छ । जम्मा १२ वटा जुत्ता परीक्षणका लागि बनेपनि प्रयोगमा ल्याइएको थिएन ।
“मुन सुज” नाम दिइएको जुत्ताको शुरुको लिलामी मूल्य ८० हजार डलर राखिएको थियो । तर, लिलामी बढाबढमा चार लाख ३७ हजार पाँच सयमा मिल्स नाडालले गत हप्ता खरिद गरेका छन् । यो मूल्य सँगै जुत्ताले विश्वकै महङ्गो जुत्ताको किर्तिमान बनाएको छ ।
मइकल जोर्डनले सन् १९८४ मा ओलम्पिक बास्केटबलको फाइनलमा लगाएको जुत्ता लिलाम गर्दा एकजना व्यक्तिले २०१७ मा एक लाख ९० हजार तीन सय ७३ डलर तिरेका थिए । दुई करोड नेपाली रुपैयाँ हुनआउँछ ।
Photos: Guiness Book and Moneyinc