Logo

विश्वकप क्रिकेटको एशिया छनोटबाट नेपाल यसरी बाहिरियो



काठमाडौं । “गर या मर” को खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको आइसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटको छनोट यात्रा टुंगिएको छ । १२ साउनको विहान सिंगापुरमा भएको खेलमा छ विकेटको क्षतिमा सिंगापुरले एक सय ९२ रनको कठिन लक्ष्य दिएपछि नेपालका शुरुवाती ब्याट्सम्यानहरु धमाधम आउट भए ।

१५ ओभरमा सबै विकेट गुमाएर नेपाल १०९ रनमा सिमित भयो । नेपाल सिंगापुरसँग ८२ रनले पराजित भयो । बलरहरु जम्न नसक्दा नेपाल हार्न पुग्यो ।

नेपालका स्टार बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, सरद भेष्वाकर र वसन्त रेग्मीले कुनै विकेट लिन सकेनन् । अभनिष बोहराले चार र करन केसीले दुई विकेट लिए । सिंगापुरका खेलाडीले वसन्त रेग्मीको बलमा सबैभन्दा बढी ५४ रन बनाउन सके । त्यसपछि अभिनाष बोहरा र सन्दीप लामिछानेको बलमा ३५ र ३४ रन बनाउन सके ।


कप्तान पारस खड्का १० बलमा १२ रन बनाएर आउट भए । कुवेतमाथिको जीत हुँदा नायक भएका उनले सिंगापुरविरुद्ध फितलो प्रदर्शन गरे । ज्ञानेन्द्र मल्लले चार चौका र तीन छक्का प्रहार गरेर ३९ रन बनाएर आशा दिलाएपनि उनी सेलाडोर विजयकुमारको बलमा आउट भए ।
शरद भेष्वाकर ११ बलमा सात रन बनाएर आउट भए । रोहित पौडेल, विनोद भण्डारी सस्तैमा आउट भए करण केसी विना कुनै रन बनाएर आउन भए ।

सिंगापुरको जीतमा टिम डेभिड नायक भए । उनले आठ चौका र तीन छक्का हानेर ४३ बलमा ७७ रन बनाए । रोहन रङ्गराजनले ३३ बलमा ४९ रन बनाए । मनप्रीत सिंहले २७ बलमा ४२ रन बनाए । नेपाली बलरहरु जम्न नसक्दा सिंगापुरले १९१ रनको विशाल स्कोर बनाउन सक्यो ।

११ ओभर खेल्दा नेपालले छ विकेट गुमायो । रन रेट बढेपछि छक्का र चौका अनिवार्य भएपछि नेपाली ब्याट्सम्यानहरु आउट भएका हुन् । खेलमा ठूलो स्कोरलाई पछ्याउने आत्मविश्वासका साथ मैदानमा उत्रिएपनि सिंगापुरका बलरहरु सामु टिक्न सकेनन् ।

जित्नैपर्ने वाध्यताका कारण पनि खेलाडीहरु दबाबमा परे । पराजित भएपछि नेपालले ग्लोबल क्वालिफाई चरणमा स्थान बनाउन सकेन । जितसँगै सिंगापुर १४ देश सम्मिलित ग्लोबल क्वालिफाई चरणमा पुगेको छ । उसले युएइमा अक्टोबरमा हुने छनोट चरण खेल्नेछ ।

१४ देशमध्येबाट छ शिर्ष टोलीले विश्वकप खेल्न पाउनेछन् । राउन्ड रोविनको खेलमा छनोट हुने छ टोली अष्ट्रेलियामा २०२० मा आयोजना हुने टी ट्वेन्टी विश्वकप खेल्न छानिनेछन् ।



प्रतिक्रिया दिनुहोस्