Logo

भाजपा नेता स्वामीद्वारा ओलीसँग भेटवार्ता



काठमाडौं, १२ साउन । भारतीय जनता पार्टी (भाजपा) का प्रधाभवशाली नेता सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शनिबार नेपाल आएका हुन्।

 

स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्। भारतीय संसदको माथिल्लो सदन राज्यसभाका नियुक्त सदस्य उनी चन्द्र शेखर सरकारको पालामा मन्त्री भएका थिए। उनी अर्थशास्त्रका राम्रा जानकार मानिन्छन्।



प्रतिक्रिया दिनुहोस्