रसुवा । रसुवामा असार महिना दुई जनाको मृत्यु हुनेगरी भएको जीप दुर्घटनापछिको भिडियो फेला परेको छ । भिडियोमा जीप खसेपछि यात्रुले बचाउन गुहार मागेका थिए । बचाउ बचाउ भन्दै ढोकाको प्वालबाट हातले सहारा मागेका थिए ।
यात्रुलाई निकाल्न निकै कठिन भएको थियो । कुच्चिएको जीपबाट यात्रुलाई निकाल्न विभिन्न औजारको प्रयोग गरिएको थियो । घटनास्थलमा उद्दारमा भएको ढिलाईले दुई यात्रुलाई बचाउन नसकेपनि बाँकी सात यात्रु बाँच्न सफल भए ।
रसुवागढीबाट काठमाडौंतर्फ हिंडेको टाटासुमो गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी डाँडामा माथिबाट ढुङ्गाले लागेर जीप झरेको थियो । घटनामा दुई जनाको मृत्यु हुनाको साथै सात जना घाइते भए । घटनामा एकजना गम्भीर घाइते थिए ।
तस्वीर र भिडियोः मानबहादुर तामाङको फेसबुक