Logo

वीर अस्पताल अस्तव्यस्त, सुधारका योजना कागजमै सिमित



साउन १२, काठमाण्डौ । नेपालको सबैभन्दा जेठो अस्पताल वीर अस्पताल शुरु भएको १३० वर्ष पुगिसकेको छ । वि.सं. १९४७ साल साउन १२ गते १५ शैयाबाट शुरु भएको वीर अस्पताल १३० वर्षसम्म आइपुग्दा पनि ३८० शैययामा सीमित छ । सरकारी अस्पतालले दिने सेवा र सुविधामा समेत प्रभावकारी बन्न सकेका छैनन् । त्यसै कारण अस्पतालमा उपचारका लागि आउने विरामीले सास्ति भोग्ने गरेका छन् ।

नेपालको सबैभन्दा जेठो अस्पताल वीर अस्पताल आइतबार १३० बर्षमा प्रवेश गरिसकेको छ । तर यसले दिने सेवा प्रवाह भने जनताले सोच जस्तो छैन् । वीर अस्पतालमा दैनिक जस्तो सयौ विरामी उपचारका लागि आउने गर्दछन् ।

वीर अस्पतालको वार्षिकोत्सवमा सहभागि स्वास्थ्यकर्मी

तर विरामीले पाउनु पर्ने सेवा र सुविधा प्रभावकारी छैन । अस्पतालले १३० आँै वार्षिक उत्सव मनाइरहँदा विरामीले सास्ती पाउनुपरेको गुनासो गरिरहेका थिए । अस्प्तालका कर्मचारीहरु टिकट काट्न छोडेर वार्षिकोत्वस मनाउन व्यस्त थिए ।

उपचार गर्न आएका विरामी गुनासो गर्दै

सेवाग्राहीले भोगेको सास्ती र कमजोर सेवा सुविधाबारे वीर अस्पतालले नै स्वीकार गर्दै आएको छ । तर सुधारका लागि भने प्रभावकारी काम हुन सकेको छैन ।

वीर अस्पताल काठमाण्डौको व्यस्त ठाउँमा छ । स्थापनाकालमा त्यो ठाउँ उचित भए पनि अहिलेको अवस्थामा वीर अस्पताल क्षेत्र निकै अस्तव्यस्त देखिन्छ । वीर अस्पतालको विस्तारका लागि भन्दै नेपाल सरकारले भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गा न्याम्सलाई उपलब्ध गराइसकेको छ ।

१ हजार शय्याको अस्पताल बनाउन डीपीआरका लागि भन्दै अघिल्लो वर्ष नै १५ करोड दिइए पनि उक्त रकम फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा पनि डीपीआरकै लागि ४० करोड विनियोजन भइसकेको छ ।

अस्पतालका निर्देशक केदार सेन्चुरी

अघिल्लो वर्ष डीपीआरका छुट्याइएको १५ करोड रकम किन र कसरी फ्रिज भयो भन्ने गम्भीर प्रश्न उब्जिएको छ । अस्पतालका निर्देशक केदार सेन्चुरी भने अस्पताल विस्तारका लागि काम भइरहेको दावी गर्छन् ।

आर्थिक वर्ष ०७४–७५ मा वीर अस्पतालबाट ४ लाख १ हजार १ सय ५४ जनाले स्वास्थ्य सेवा लिएका थिए । भर्ना भई सेवा लिनेको संख्या भने १२ हजार ३ सय ७३ जना रहेका थिए । जसमध्ये ६ हजार २ सय १२ जनाको अप्रेसन गरिएको थियो । गएको आर्थिक वर्षमा ४ लाख २२ हजार ८ सय १ जनाले ओपीडी सेवा लिएका थिए भने १३ हजार १ सय १ जना भर्ना भएका थिए ।

जसमध्ये ६ हजार ७ सय ७३ जनाको अप्रेसन गरिएको थियो । लाखौं सर्वसाधारणदेखि उच्च पदस्थ पदाधिकारीहरुले सेवा लिने वीर अस्पताल सुविधासम्पन्न र व्यवस्थित कहिले हुन्छ भन्ने ठेगान छैन ।



प्रतिक्रिया दिनुहोस्