Logo

गण्डकी प्रदेशका सांसदलाई सुनको लोगो वितरण



साउन १२, काठमाण्डौ । गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ ।

चीनको संघाई प्रान्तमा बनाइएको लोगो यसअघिको भन्दा ३३ गुणा महँगो छ । यसको मूल्य प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ छ । यसअघिको प्रतिगोटा लागोको मूल्य १ सय ९५ रुपैयाँ थियो । पहिलाको लोगोमा प्लास्टिक प्रयोग गरिएको थियो ।

बाहिरी भागमा सुनको जलप लगाइएको लोगोमा धातुको रुपमा चाँदी प्रयोग गरिएको छ ।

पहिलाको लोगो

गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि सुनजडित लोगो बनाएर सांसदहरुलाई वितरण गरिएको हो ।

सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित लोगो तथा पोसाक सिफारिस समितिले गत वर्ष भदौ ३० मा गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो । सोही डिजाइनलाई चाँदीमा उतार्ने र बाहिरी कक्षमा सुनको घेरो लगाएर नयाँ लोगो बनाइएको हो ।



प्रतिक्रिया दिनुहोस्