Logo

ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छोड्नैपर्छ, नत्र संकट आउँछ : भुषाल (भिडियोसहित)



काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वेदुराम भुषालले आफूले तत्कालिन् नेकपा एमालेमा स्कुल विभागको प्रमुख भएर पाँच वर्षसम्म काम गरिसकेकोले अहिले पार्टीको उक्त विभागको जिम्मेवारी आफूलाई दिनुपर्ने माग गरेको स्पष्ट पारेका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भुषालले आफूसँग स्कुल विभागको नेतृत्व भएर काम गरिसकेको अनुभव रहेकोले अहिलेपनि आफूले ने उक्त जिम्मेवारी पाउनुपर्ने अडान तेर्साए ।

पत्रकार धमलाले अन्तरवार्ताको सुरुवातमै तपाईलाई किन चाहियो स्कुल विभागको नेतृत्व ? के कारण हो ? भन्नुहोस त भनेर प्रश्न तेर्साएका थिए । जवाफमा भुषालले भने,‘म स्कुल विभागको नेतृत्व हुँदा नै हामीले पार्टी शिक्षासम्बन्धी भाग १, भाग २, र भाग ३ पुस्तक प्रकाशन गरेका थियौं । त्यतिमात्रै होईन, हामीले पार्टी कक्षाहरुपनि सञ्चालन गरेका थियौं । जति काम मेरो पालामा भएका थिए, त्यति काम अरुको पालामा भएको पाईँदैन् ।’

स्कुल विभागको नेतृत्व गर्नको लागि पार्टीभित्र धेरै पद ताक्नु ? र तानातान हुनुको कारण के हो ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘यसमा सबैभन्दा पहिले यो विभागको नेतृत्व मलाई नै दिनुपर्छ भनेर पार्टीभित्र कुरा राखेको थिएँ । म यो जिम्मेवारीको लागि सबैभन्दा उपयुक्त पात्र हुँ । त्यसैले मलाई नै यो जिम्मेवारी दिईनुपर्छ ।’

पार्टीभित्र शीर्ष नेताहरु आग्रह र पूर्वाग्रहमा लागेकोमा उनले गुनासो पोखे । ‘नेताहरु आग्रह र पूर्वाग्रहबाट माथि उठ्न सक्नुपर्छ । तर, नेताहरु त्यसबाट माथि उठ्न सक्नुभएन । त्यो उहाँहरुको कमजोरी हो ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीपछि पार्टीबाट प्रधानमन्त्री को बन्छ भन्ने कुरापनि अहिले कुनै निश्चित् नभएको उनको दाबी छ । ‘यो त पार्टीले निर्णय गर्ने कुरा हो’-भुषालले भने । फरक प्रसँगमा भुषालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्षमध्ये एक पद छोड्नै पर्ने तर्क गरेका छन् । यदि ओलीले दुईमध्ये एक पद नछोडे गम्भिर संकट आउने पनि उनले खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्