Logo

कांग्रेस-राजपाको विरोधपछि संसद बैठक स्थगित्, अर्को बैठक बुधबार



काठमाडौँ, १३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा नेपालले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित गरिएको छ ।  सभामुख कृष्णबहादुर महराले पर्सि १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । संसद अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

यसअघि पनि काँग्रेस र राजपाको अवरोधले संसद बैठक स्थगित गरिएको थियो । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग काँग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका हुन् । आजको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्