Logo

नेकपा सचिवालय बैठक सुरु, स्कुल विभागको नेतृत्व कसलाई ?



काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू बैठकले पार्टीका विभिन्न विभागहरूको टुंगो लगाउने बुझिएको छ ।  स्रोतकाअनुसार सबैभन्दा पेचिलो र विवादित बनेको स्कुल विभागको नेतृत्व कसलाई दिने भन्नेबारे पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार स्कुल विभागको जिम्मा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिने तयारी छ । नेकपाका कुल ३३ विभागमध्ये १८ वटा पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भएको छ ।

Photo, ReportersNepal.com/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot