साउन १३, काठमाण्डौ । आज जुलाई २९ तारिक अर्थात विश्व बाघ दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । सरकारले २०२२ सम्ममा बाघको सख्याको दोब्बर बनाउने लक्ष्य लिएको छ ।
तर ३ बर्षयता भने प्रधानमन्त्री अध्यक्ष रहेको बाघ संरक्षण समितिको १ पटक पनि बैठक बसेको छैन ।
विश्वमा बाघ संरक्षणलाई निकै महत्वका साथ हेर्ने गरिए पनि नेपालमा भने त्यसलाई त्यति महत्वपुर्ण रुपमा हेरिएको पाइदैन । तर पनि नेपालको सन्दर्भमा भने बाघ संरक्षणको लागि अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता छ ।
मुलुक संघीययतामा गइसकेपछि अव स्थानिय सरकार तथा प्रदेश सरकारले नै उचित निति नियममा परिमार्जन गर्दैै कार्यान्वयनको पाटोमा जानुपर्नेमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उपसचिव कमलजंग कुंवर बताउँछन् ।
बाघ संरक्षका लागि बनाइएको बाघ संरक्षण समितिको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । तर यो समितिको बैठक तीन वर्षदेखि बसेको छैन । यसबाट पनि प्रष्ट हुन्छका सरकार बाघ संरक्षणमा कति जिम्मेवार छ ।
नेपालमा हाल २ सय ३५ को संख्यामा बाघ छन् । बाघको संरक्षणलाई प्रभावकारी बनाउन सके विश्वव्यापी लक्ष्य अनुसार आगामी ४ वर्षमा नेपाल पहिलो बन्ने आंकलन गरिएको छ । तर त्यसको लागि भने आवश्यक निति नियम तथा संरक्षणको लागि गर्नुपर्ने प्रयासहरुभने धेरै छन ।
हरेक ४–४ बर्षमा माघको गणना गर्ने गर्दछ ।सन् २०१८ को राष्ट्रिय तथ्याङक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बांकेमा २१, पर्सामा १८, शुक्लाफाटमा १६ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ रहेको तथ्यांक छ ।
नेपाललाई हरियो बन,नेपालको धन,अझ भनौ जंगलै जगलको देश भनेर पनि चिन्ने गरिन्छ । तर अहिले सम्म बाघको संख्या भने २३५ मात्रै छ । तुलनात्मक रुपमा हेर्ने हो भने यो निकै कम हो ।
नेपालमा उपलब्ध जंगलको आधारमा हेर्ने हो भने बाघको संख्या २ देखि ३ हजारको हाराहारीमा हुनुपर्ने हो । हालसम्म विभिन्न जंगल तथा निकुञ्जहरुमा भएका बाघ मध्ये ११ वटा प्रकृतिक कारणले मरेको १ वटा बाघ चोरी तस्करी बाट र ४ वटा बाघको कुनै कारण खुल्न सकेको छैन ।