Logo

जब बलात्कार पीडित चढेको कारलाई ट्रकले ठक्कर दियो



१९ वर्षीय बलात्कार पीडित कारमा आफन्त र वकिलको साथ राजमार्गमा यात्रा गरिरहेकी थिइन् । उनीहरु जेलमा रहेका आफन्तलाई भेट्न जाँदै थिए । तब ट्रकले ठक्कर दियो । दुई जना आफन्त महिलाको घटनास्थलमा मृत्यु भयो । बलात्कार पीडित किशोरी र वकिल सक्त घाइते भए ।

यो घटना भारतको उत्तर प्रदेशको राइबरेलीमा भएको हो । बलात्कार पीडितको हत्या गर्ने उद्देश्यले घटना घटाइएको विषय जोडतोडले उठेको छ । पीडितकी आमाले योजनावद्ध तरिकाले हत्या गर्न खोजिएको आरोप लगाएकी छिन् ।

किशोरीलाई भारतीय जनता पार्टीका सांसद कुलदीप सिंह सेन्गरले बलात्कार गरेको अभियोग छ । उनै कुलदीपमाथि प्रहरीले उजूरी दर्ता गरेको छ । १२ साउनमा भएको दुर्घटनामा अन्य १० जना समेत संलग्न भएको अभियोग दर्ता भएको छ ।

दुर्घटनापछि ट्रक चालक र त्यसमा सवार एक महिलामाथि छानविन भइरहेको छ । ट्रकको नम्बर प्लेटमा कालो पोतिएकाले षड्यन्त्र हुनसक्ने आशंका गरिएको छ ।

लखनऊ नजिकैको उन्नाओमा बस्ने किशोरीमािथ सन् २०१८ मा भएको भनिएको बलात्कारको घटनाले निकै चर्चा पाइरहेको छ । किशोरीले २०१८ को अप्रिलमा योगी आदित्यनाथको निवास बाहिर आत्मदाहको प्रयास गरिन् । एजेन्सी Photo: OneIndia



प्रतिक्रिया दिनुहोस्

Screenshot