काठमाडौैं । १३ साउनको राती कंलकीस्थित पूर्वउपसचिवको घरमा गोली प्रहार भएको छ । कलंकी मन्दीर नजीकै रहेको विष्णु प्रसाद धिमिरेको तीन तले घरमा अज्ञात समूहले राती करिव नौ बजे गोली प्रहार गरेकोे अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
गोली प्रहारबाट कुनै मानविय क्षति नभएपनि धिमिरेको छोरीलाई लक्षित गरेर गोली चलाईएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घरको दास्रो तलामा अध्ययन गरिरहेकी धिमिरेकी २० बर्षिया छोरीलाई ताकेर गोली प्रहार भएको र उक्त गोली झ्यालको सिसा फुटाउदै कोठाको भित्तामा लागेकाले कुनै मानविय क्षति नभएको जनाइएको छ ।
घटनास्थलबाट प्रहरीले गोलीको खोका बरामद गरेको छ । वरीपरीका घरमा गरिएको खानतलासीबाट दुई थान हतियार भेटिएको र घटनालाई विभिन्न कोणबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।