नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य मणि थापासँग भूमिगत र खुल्ला मात्र नभई सशस्त्र विद्रोहको लामो राजनीतिक अनुभव छ । कम्युनिष्ट राजनीतिको आरोह र अवरोहबाट खारिएका बौद्धिक नेता थापा स्पष्ट वक्ता हुन् । उनको यही स्वभावले विवादमा आइरहन्छन् । थापासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले लिएको विशेष अन्तवार्ताः
नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न नेताहरु किन सफल भएनन् ?
देशको चिन्ता भन्दा सबैलाई व्यक्तिगत स्वार्थ बढी भयो त्यसैको प्रतिफल हो ।
स्कुल विभागलाई लिएर नेकपाभित्र के कारण यति ठूलो रडाको मच्चिएको हो ?
पार्टीको सबैभन्दा महत्वपूर्ण विभागको रुपमा स्कुल विभाग होइन । तर, नेताहरु स्कुल विभागलाई लिएर यति धेरै शेयर बजारको बढवा भाउ जस्तो बढिराख्नु भएको छ । समग्र पार्टी एकताको प्रक्रिया लगभग सकिएको छ हामी भित्रको यो झगडाले राजनिती क्षेत्रमा र हाम्रा भोटरहरुमा नराम्रो सन्देश गएको छ । यसको इगो चाहिँ प्रभाग भित्र छ कि भन्ने लाग्छ ।
त्यसो भए नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल मध्ये को बन्ला स्कुल विभागको प्रमुख ?
मुख्य कुरा पार्टीलाई एकतावद्ध, नियम र पद्धतिमा लैजाने र साना साना समस्याहरुमा झगडा गरेर आम जनता, मतदातामा आएको निराशाको कारण कुनै पनि विभागले दिनु हुदैन । व्यक्तिको रुपमा त कसलाई छान्ने ?
तर एक जनालाई त बनाउनु पर्ला को बन्ला ?
पुर्व एमाले, पूर्व माओवादी कसको भागमा छ त्यसलाई बनाउनुपर्यो ।
हैन कसको भागमा परेको हो त ? झलनाथ खनाल म आफै बन्छु बन्नु भएको छ मसँग ।
सचिवालय लेवलका साथीहरु जसले दावा प्रस्तुत गर्नुभएको छ । त्यो राजनिती दावा छैन । दुईटा अध्यक्षले बसेर निर्णय गरे हुने हो । यसलाई आम जनताको माझ किन रमिता बनाइएको छ ?
अहिलेको अवस्थाममा अध्यक्षहरुले यो विवाद समाधान गर्न सक्नुभएन ?
उहाँहरुले नै टुङ्गाउनुपर्ने हो उहाँहरुले सक्नु भएन भने पार्टी फेल हुन्छ अरु के आशा गर्न सकिन्छ र ?
प्रचण्डले नारायणकाजी श्रेष्ठको नाम अगाडी सार्नुभएको छ । केपी शर्माले इश्वर पोखरेललाई म छोडदिन भन्नुभएको छ यो समस्याको समाधान कहाँबाट होला ?
समस्याको समाधान त दुई नेताहरु बसेर गर्नुहुन्छ र दुवैले हद प्रस्तुत गर्नु हुन्न ।
तपाई चाहिँ कसलाई बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
म व्यक्तिगत रुपमा कसैको पक्षमा छैन । यो स्कुल विभाग पाउने वित्तिकै सबै पार्टीको राजनितीक धारा नै हेरफेर गर्न सकिन्छ भनेर कुनै साथीहरुले सोच्नु भएको छ भने त्यो फरक कुरा हो ।
बेदुराम भुसालले मसँग विगतको अनुभव छ र मैले नौ महिना अगाडी प्रस्ताव राखेको हुँ अब स्कुल विभागको प्रमुख म बन्छु र नतृत्व मैले गर्नुपर्छ भन्नुभएको छ ?
दावा गर्ने साथीहरु अयोग्य हुनुहुन्छ भन्ने होइन शेयर बजारको बढवा जस्तो गर्नु चाहिँ ठीक होइन ।
घनश्याम भुसालले त दावी नै गर्नुभएको छ नि ?
दावी गर्ने साथीहरुको पक्षमा म छैन । दावी सबैले गर्दछन् । कम्यूनिष्ट पार्टीका मान्छे सबै योग्य छन् । कसले माक्र्सािद बुझेको छैन ? तर आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने मुख्य विषय हो ।
सहमति भएन भने यो मुद्धा कसरी अगाडी बढ्ला ?
अन्तिममा दुई जना अध्यक्ष बीच सहमति हुन्छ उहाँले जसलाई दिनुहुन्छ उहाँले नै विजयको फुलमाला लगाउनु हुन्छ ।
तर, पार्टी एकता हुन सकेन यसको केही उपाय छ ?
समाधानको उपाय चाहिँ जनता,राष्ट्रलाइ केन्द्रमा राख्ने र व्यक्तिगत स्वार्थ र इगो भन्दा माथि उठ्नका लागि सबैले त्याग गर्ने नत्र यो विघटन र असफलतातिर जान्छ यसको क्षती राष्ट्र कार्यकता र जनताले भोग्छन् ।
त्यसो भए नेपाल कम्यूनिष्ट पार्टीको भविष्य संकटमा छ भन्न खोज्नु भएको ?
संकटमा नै छ । नेपालको कम्यूनिष्ट आन्दोलनमा आजसम्म यति ठूलो संकट कहिले पनि आएको थिएन ।
नेतृत्वका कारण यति ठूलो संकट आयो त ?
नेतृत्वका कारण होइन विचारको कारण हो । पार्टी एकता अहिले सम्भव छैन सयुक्त मोर्चा बनाऔ सयुक्त सरकारको नारा दिऔ । क्रान्तिकारी सयुक्तको नारा लिएर चुनाब लडौ भन्ने थियो तर चुनाव हार्ने डरले रातारात पार्टी एकताको घोषण भयो र चुनावमा गइयो यो नै मुख्य कारण हो ।
नेकपाभित्र सैद्धान्तिक रुपमा विवाद देखिन्छ । अब जनताको जनबाद राख्ने कि बहुदलीय जनवाद राख्ने कि नौलो जनवादी क्रान्तिमा जाने ? यसमा तपाईको सहमति छ कि बिमति छ ?
राजनीति र वैचारीक रुपले सहमतिमा पुगिसके पछि कम्यूनिष्ट पार्टीहरुको एकता हुन्छ तर चुनावमा हाम्रो सहमती मिलेपछि कम्यूनिष्ट पार्टीको एकता हो त्यसकारण कम्यूनिष्ट पार्टीको अन्तर्राष्ट्रिय परम्परा भन्दा बाहिरबाट पार्टी एकता घोषणा गरियो । त्यसकारण द्धन्द्ध उत्पन्न भएको हो । यसमा सबै नेताहरुले आफूलाई महानेता ठान्ने, महाशादार्शनिक ठान्ने हो भने ठूलो दुर्घटना हुन्छ र यसको परिणाम हामी सबैले भोग्नुपर्छ ।
त्यसो भए दुवै पक्ष वीच वैचारीक मतभेद छ है ?
हैन । वैचारीक रुपले मतभेद त हुने नै भयो । हामीले माओवाद, जनबाद मानेर आएका हौ तर अहिले जनबाद र माओवाद छैन हामी माक्र्सवादी र लेलिनवादी भएका छौ । इतिहासको सही मुल्यांकन छैन भावी नेपालको भावी कम्यूनिष्टको आन्दोलनको दिशा के हो त्यो पनि थाहा छैन । हामी साना साना कस्लाई ईन्चार्ज,सहईन्चार्ज दिने । कसलाई सि सि एम बनाउने,कसलाई पि डि एम दिने , कसलाई सचिवालय दिने भन्दा माथि त उठेन । समग्र नेपाल कम्यूनिष्ट आन्दोलनको विकास गर्ने र समाजबादतिर जाने ढोका खोल्ने त्यसको लागि सरकारले राम्रो काम गर्नेे र माक्र्सवादको विकास नगरीकन यो कम्यूनिष्ट पार्टीको विकास हुदैन । माक्र्सवादको जे विकास ग¥यौ आजसम्म यो धारले त्यहाँ पुग्दैन । अब नयाँ विकासको आवश्यकता छ ।
प्रचण्डले केपी शर्मा सामु आत्मसमर्पण गर्नुभएको हो त ?
आत्मा समर्पण गरेको छैन भन्न म सक्दिन । उहाँहरुले विचारको बहसलाई केन्द्रमा राखेर पार्टी एकताको प्रक्रिया गर्नुभन्दा पनि सत्ता र शक्तिलाई बढी केन्द्रामा राखेर बहस गर्न खोज्नु भयो ।
पूर्ण रुपमा पार्टी एकरुपता नहुँदा कार्यकताहरु अन्योलमा परे नि ?
कार्यकता मात्र होइन यो त सरकारी पार्टी भएकोले देश नै अन्योलमा परेको छ । कम्युनिष्ट आन्दोलन नै अन्योलमा परेको छ ।
वर्तमान सरकार के कारणले समस्या समाधान गर्न सफल भएन ?
पार्टी भित्रको झगडा, पार्टी एकता पूरा हुन नसक्नु नै मुख्य कारण हो । पार्टी एकताको प्रारम्भको विन्दु ,विचार र राजनिती सिद्धान्तलाई केन्द्रमा राखेर भन्दा पनि चुनावलाई जित्नु मुख्य उदेश्य हो ।
तपाईहरु जनताको एजेण्डामा किन मौन हुनुहुन्छ ?
आफ्नै घर बनाउन नसक्नेले बाहिर बढी ठूला कुरा गर्दा जनताले हामीलाई पत्याएका छैनन् । बैठकबाट पार्टी एकता सफल नभएमा कम्यूनिष्ट आन्दोलनलाई कसरी रुपान्तरण गर्न सकिनछ भन्ने नयाँ कोर्ष सुरु हुन सक्छ भन्ने विषयमा नै हामी मिहेनत गरिरहेका छौ ।
नेत्र विक्रम चन्दसँग वार्ता होइन दमन गरेर जानुपर्छ भनेर गृह मन्त्री राम बहादुर थापाको तर्क छ तपाई कतातिर हुनुहुन्छ ?
मैले यो कुरा सुनेको छैन । हामी विपरीत दिशातिर छौ । नेत्र विक्रम चन्दलाई राजनितीको मुल धारमा ल्याउनको लागि भगिरथ मेहनत गर्नुपर्ने हुन्छ । नेत्र विक्रम चन्द माथि हामीले गरेको हस्तक्षेप माथि कम्यूनिष्ट कार्यकर्ताहरुले रुचाएका छैनन् । नेत्र विक्रम चन्द माथि किन हस्तक्षेप गरेको भन्ने जनताको प्रश्न छ त्यसकारण दमान गरेर होइन सकरात्मक पक्षबाट मुल धारमा ल्याउनुपर्छ ।
सरकारी जग्गा हड्प्नेलाई कारबाही गर्नु र लालपुर्जा लिनु पर्दैन सरकारले ?
लिनुपर्छ कडाई गर्नुपर्छ । सबै कुरा भईरहेको छ तर यो प्रश्न किन उठिरहेको छ ? कम्यूनिष्ट पार्टी आएपछि यी सबै समस्याको समाधान गर्छ भन्ने जनताको सोचेका थिए त्यहीँ अनुसार भोगे तर किन यसो भएको छ हामी आफै चलेका छौ कि अरुले हामीलाई प्रयोग गरेका छन् कि भन्ने सोच उत्पन्न भएको छ भन्ने नयाँ चिन्तनहरु उठिरहेका छन् ।