Logo

बेलायती नागरिकको ब्यागेजमा चरेस



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गौचरबाट अवैध लागूऔषध चरेश सहित बेलायती नागरिकलाई पक्राउ गरेको छ । ३ सय ४९ ग्राम चरेशसहित राहदानी नम्बर ५५४०६४३९८ वाहक वेलायती नागरिक इयान जर्ज पाउललाई १३ साउन प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट बैंककतर्फ जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । जर्ज पाउललाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

पाउलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्

Screenshot