Logo

लागूऔषधसहित भारतीय पक्राउ



काठमाडौं । प्रहरीले लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्क बस्ने भारत मोतिहारी-३ रक्सौल घर भएका २५ वर्षीय भुलन भन्ने रोशन कुमार गुप्तालाई नियन्त्रित लागूऔषध फेनरागन २ सय ८० एम्पुल, नोर्फिन २ सय ८० एम्पुल र डाईजेपाम २ सय ८० एम्पुल सहित १३ साउनमा प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्