Logo

चेक बाउन्समा पक्राउ



काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्य्विनायक नगरपालिका-२ बालकोट बस्ने पाँचथर साविक यासोक(८ घर भएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई गोङ्गबुबाट १३ साउन प्रहरीले पक्राउ गरेको छ । चेमजोङ्गले मन्जु श्रेष्ठको नाममा प्रयाप्त रकम नभएको प्रभु बैंक लिमिटेडको खाताको १० लाख ९४ हजार ५ सय रकमको चेक २०७० असार १४ गते जारी गरेकोमा उक्त चेकबाट नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।

उच्च अदालत पाटनको २०७५ पुस १७ गतेको फैसलाले चेमजोङ्गलाई १५ दिन कैद र १० लाख ९४ हजार ५ सय रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

चेमजोङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्