Logo

वनमा जर्बजस्ती करणी



सुनसरी । महिलालाई जर्बजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-४ गंगे चोक बस्ने ३२ वर्षीय विनोद ओझालाई १३ साउन प्रहरीले पक्राउ गरेको हो ।

लेटाङ नगरपालिका-३ स्थित नमूना सामुदायिक वनमा ओझाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्