Logo

प्रेमिकासंगै कोठामा यसरी झुण्डिए जिवन



काठमाडौं । भक्तपुरमा एक जोडीले झुन्डिएर आत्महत्या गरेका छन । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल भक्तपुर बोडेस्थित डेरामा बस्दै आएका विवाहित जीवन तामाङ र उनकी प्रेमिका मंगली तामाङले कोठा भित्रबाट चुक्कुल लगाई आत्म हत्या गरेका हुन ।

एक छोरीका बावु जिवन छोरी र श्रीमतीलाई छोडेर एक्लै बस्दै आएका थिए । पछिल्लो समय रामेछाप बेथानकी घर भएकी प्रेकिकासंग उनको लसपल रहदै आएका कारण परिवारमा तनाव छाएको थियो ।

पछिल्लो समय श्रीमतीलाई वास्ता गर्न छोडेर प्रेमिकासंगै खाने बस्ने गरेकाले जिवनले अर्के विवाह गर्ने तरखर गरेको चाल पाएपछि श्रीमती रिनु तामाङले प्रहरीमा उजुरी गरेकि थिइन ।

साउन १३ गते प्रहरीको मध्येस्थतामा परिवारबिच छलफल पश्चात विवाह दर्ता, छोरीको जन्म दर्ता आदी सहमती भएपछि उनीहरु आ–आफ्नो काठामा फर्किएका थिए ।

प्रहरीसंगको छलफल पश्चात केहि मानसिक तनावमा देखिएका जिवनले आफ्नी प्रेमिकालाई कोठामै बोलाएर दुवै झुन्डियको अवस्थामा फेला परेका छन ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुबैको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको भक्तपुर प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot