काठमाडौं । मादक पदार्थ सेवन मापसे गरेर सवारीसाधन चलाउनेलाई कारवाही पश्चात नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन लापसेको चुनौती थपिएको छ ।
मादक पदार्थ सेवन मापसे गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय लागु पर्दाथ सेवन लापसे गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि लापसे परीक्षण गरिने भएको हो ।
सवारी चालकहरुले शरीरलाई लठ्ठ बनाउनका लागि मादक पदार्थको ठाउँमा लागु पदार्थ सेवन गर्न थालेको जनगुनासो बढ्न थालपछि लापासे जाँच गर्ने किट भित्र्याएको छ ।
लापसे जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र होइन, अभिभावकले आफ्ना छोराछोरीले लागुपदार्थ सेवन गरे÷नगरेको घरमै जाँच्न सक्ने भएका छन् ।
लागु पदार्थ प्रयोगकर्ताले गाँजा, हिरोइन, इनजेक्सन, ट्याब्लेट जे प्रयोग गरेको भए पनि तत्कालै किटको सहायताबाट पत्ता लगाउन सकिने भएकाले समाज सुधारका लागि निकै ठूलो उपलब्धि हासिल गर्न सकिने प्रहरीको भनाई रहेको छ ।
एउटा किटलाई करीब रु ४०० पर्ने भएकाले यो परीक्षण विधि निकै खर्चिलो भने रहेको प्रहरीको भनाई रहेको छ ।