Logo

समयमै काम गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा सचिवहरुलाई जिम्मेवारीमा रहेको काम छिटो छरितो र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन् । १५ साउनमा कार्यसम्पादन सम्झौता गर्दै काममा आलटाल नगर्न भनेका छन् ।


राजनीतिक या अन्य कुनै बहानामा काममा आलटाल गर्ने छुट नभएको स्पष्ट पारे । उनले मन्त्रीहरुलाई निर्देशन दिदै भने,‘मासिक र वार्षिक कार्यतालिका बनाएर काम गर्नुहोस् ।’


देशमा राजनीतिक स्थिरता रहेको र सबैतिर काम गर्ने अवसर रहेकाले खेर फाल्न नहुने बताए । कसैले पनि काममा ढिलासुस्ती गर्ने बहाना गर्ने ठाउँ नभएको बताए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै सम्झौतापत्र आदानप्रदान गरेका थिए । तस्वीरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot