Logo

आजबाट नेपाल मेडिसिटीमा घुँडासम्बन्धी समस्याको निःशुुल्क परामर्श



ललितपुर, १५ साउन । श्रावण १५ बाट नेपाल मेडिसिटी अस्पतालमा घुँडासम्बन्धि समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएका व्यक्तिहरुका लागि निःशुल्क परामर्श गरिने भएको छ । विशेषगरी ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिक महिलामा सामान्य रहेको घँुडा खिइने समस्यालाई लक्षित गरी यो योजना लागुु हुन लागेको हो ।

अस्पतालकै ओपिडीमा हाडजोर्नी विशेषज्ञसंग निःशुल्क परामर्श गर्न पाइने यो अवसरमा सहभागि हुन अग्रीम नाम दर्ता गर्नुपर्ने छ । खासगरि घुँडा तथा जोर्नी सम्बन्धि समस्या भइ जोर्नी प्रत्यारोपण आवश्यक रहेकाहरुका लागि यो योजना विशेष लाभकर रहने अपेक्षा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराएका हुन् ।

घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथ रोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिईएका तथा नशाा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot