Logo

नेपाल मेडिसिटीद्वारा मानुषीका ६० उद्यमीहरुको निःशुल्क स्वास्थ्य जाँच



काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषी प्रा.लिका ६० उद्यमीहरुको स्त्री तथा प्रसुति जाँच गरेको छ । ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा आयोजित उक्त निःशुुल्क स्वास्थ्य शिविरमार्फत जाँच गरिएको अस्पतालकी प्रेससंयोजक मनिता पोखरेलले जानकारी गराएकी छिन् ।

उनकाअनुसार चाबहिलस्थित् कारखानामा आयोजित शिविरमा उत्साहजनक सहभागिताकाबीच महिलाहरुले चिकित्सहरुसंग परामर्श गराएका थिए । मेडिसिटी अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा, मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच गरिएको हो ।

अधिकांश महिलाहरुको स्वास्थ्य स्थिति सामान्य देखिएको र केहीको भने समस्या देखिएको चिकित्सकको प्रतिक्रिया छ । महिनावारी गडबड तथा प्रेसर र सुगरसम्बन्धि सामान्य असन्तुलन भने धेरै महिलाहरुमा देखिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

असामान्य अवस्थामा रहेका सहभागीहरुलाई भने उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याइनेछ । सबैको पहुँचमा रहेको नेपालकै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय अस्पताल नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले सृजनशील तथा हस्तकला क्षेत्रमा काम गर्ने महिलाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएकाले यस किसिमको शिविर आयोजना गरिएको स्पष्ट पारे ।

त्यस्तै, मानुुषी प्रा.ली.की अध्यक्ष पद्माशना शाक्यले दैनिक कामकाजमा खटिने महिलाहरुले आफ्नोभन्दा पनि परिवारको ख्यालमा बढि समय व्यतित गर्ने गरेकोले स्वास्थ्य स्थितिबारे बेलैमा सचेत रहनु भन्ने उद्देश्यले यस्ताखाले शिविरको आयोजना गरेको जनाईन् । उनले नेपाल मेडिसिटीसंगको उक्त सहकार्यलाई निरन्तरता दिने पनि विश्वास दिलाईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot