Logo

अब अपडेट हुन्न नजान्नेहरु आउडेट हुन्छन् : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब अपडेट हुन नजान्ने कर्मचारीहरु आउडडेट हुने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनले आयोजना गरेको सहिद मनोज–झपेन्द्र स्मृति सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले मुलुकको परिवर्तनको लागि कर्मचारी संगठनले खेलेको भूमिका र पुर्याएको योगदानको सिँगो सरकारले प्रशंसा गरेको सुनाए । त्यस्तै, हिजोदेखि कर्मचारीतन्त्रमा रहेको पूरानो काम नगर्ने धंगधंगी, अभ्यास र आदत अहिलेपनि हुनसक्ने उनले सुनाए । उनले थपे,‘अहिलेको अवस्था भनेको परिवर्तित अवस्था हो । अब अपडेट हुन जरुरी छ । एकपाखेपनले हामीलाई अप्ठ्यारो पार्न सक्छ ।’ उनले सबै तह र तप्कामा रहेकाहरुले आ–आफ्नो ठाउँबाट अपडेट हुनुपर्ने पनि धारणा राखे ।

मन्त्री पोखरेलले असल कार्य, दर्शन, संस्कृतिसहितको अगुवाई अब ट्रेड यूनियनले लिनुपर्ने पनि धारणा राखे । सिमा अतिक्रमण, गैरनागरिकले नागरिकता लिएको कुरा र राष्ट्रियताजस्ता विषयमा पनि गम्भिर हुन सक्नुपर्ने पनि उनको सुझाव थियो । त्यस्तै, दलाल, पुँजीतिहरुको दबदबामा काम गर्ने परिपार्टी व्यूराक्रेसी र पोलिटिकल लिडरहरुको प्रेसरमा काम गर्ने परिपाटीले परिणाम ल्याउने खालको काम गर्न नसकिनेतर्फपनि उनले सचेत गराए ।

उनले सरकार परिवर्तन भएपनि त्यसले ठोस र तात्विक फरक नपर्ने बताउँदै सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा कर्मचारीतन्त्रमा परिवर्तनलाई आत्मसात गर्ने चरित्र देखिनुपर्ने पनि बताए । उनले भने,‘हिजो निजामति कर्मचारी लोकतन्त्रको लागि थियो, अहिले लोकतन्त्र भित्र छ । त्यसैअनुसार काम गर्नुपर्छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्