काठमाडौं । पोखरीमा डुब्दा रौतहटमा २ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ९ स्थित ईटा बनाउदन बनेको खाडलमा जमेको पानीमा डुब्दा एकै परिवारका दुई बवालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाहीको हरीपुर नगरपालिका ४ का संजय साहका डुबेर ११ वर्षीय अनिस साह र ८ वर्षीया कल्पना साह रहेको प्रहरीले बताएको छ । विद्यालय गएका उनीहरु विप्लव समूहको बन्दको कारण शैक्षिक संस्था नखुलेपछि त्यस स्थानमा खेल्न गएको र खेल्नेक्रममा पानीमा डुव्दा उनीहरुको मृत्यु भएको हो । मृतक दुवैको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा लगिएको छ ।