Logo

पाइलट तालिमको करिब साढे १२ करोडखेर



काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको लापर्बाहीका कारण पाइलट तालिमको करिब साढे १२ करोड रुपैयाँ खेर गएको छ।

२०७५ भदौ ३१ गते कार्यकारी अध्यक्ष नियुक्त भएर आएका खरेलले २ सय ७४ सिट क्षमतायुक्त दुईथान ठूलो ९वाइड(बडी० आकारका ‘ए३३०(२००’ जहाजमा आवश्यक पर्ने पाइलटलाई तालिममा पठाउन वास्ता नगर्दा १२ करोड ३२ लाख रुपैयाँहाराहारी खेर गएको हो।

निगमलाई जहाज बेचको कम्पनीले जहाजकै पैसामा उक्त परिमाणबराबरको तालिम उपलब्ध गराउने प्याकेजमा सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार २४ जना पाइलट ९१२ सेट० लाई तालिम दिलाउने व्यवस्था गरिएको थियो।

खरेल कार्यकारी अध्यक्ष भएर आउनुअघि महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम हाँकिरहेका थिए। कंसाकारले जिम्मेवारी लिएका बेला २४ मध्ये ६ जनालाई वाइड(बडी जहाजको तालिम लिन पठाएका थिए।

खरेल कार्यकारी अध्यक्ष भएर आएपछि कंसाकार ‘पेन्डुलम’ हुन पुगे। खरेलले निगम हाँक्न थालेपछि वाइड–बडी जहाजका लागि थप चार पाइलटलाई तालिममा पठाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot