Logo

तेस्रो पाँचपोखरी ट्रेल म्याराथन साउन ३० देखि



काठमाडौं । ‘पर्यटन प्रवर्द्धनका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो पाँचपोखरी ट्रेल म्याराथन साउन ३० गते हुने भएको छ।

नेपाल पर्यटन बोर्डमा पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित खेलकुद विकास समिति सिन्धुपाल्चोकद्वारा बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

खेलकुदका माध्यमबाट यस भेगको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चारदिन सम्म उक्त कार्यक्रमको आयोजना गरिने भएको हो ।

खेलको माध्यमबाट पाँचपोखरी, रैथाने र उक्त गाँउपालिकामा रहेका सयौंको संख्याका पर्यटकीय क्षेत्रहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रियसम्म पहिचान गराउने प्रतियोगिता आयोजना हुन गैरहेको थाङ्पाल गाउँपालिका अध्यक्ष टासी शेर्पाको भनाई रहेको छ

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यो खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नको लागि आयोजना गरेको बताउँदै यसको लागि गाउँपालिका प्रायोजक रहेको जानकारी दिए। प्रतियोगितामा खुला महिला र पुरुषहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा गरााइने बताइएको छ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिनेछ। सिन्धुपाल्चोकबाट सहभागी भई विजेता हुनेलाई भने थप १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सम्मेलनमा बोल्दै पूर्वमन्त्री शेरबहादुर तामाङले आफू पनि यो प्रतिस्पर्धीमा धावक बनेको घोषणा गरेका छन ।

कार्यक्रममा साउन २५ गते भित्र नाम दर्ता गराउनेलाई एभरेष्ट इन्सुरेन्सको सेवा पनि प्रदान गरिने  छ । उक्त प्रतियोगीतामा सहभागीता जनाउनकालागि गाउँपालिकाको खेलकुद विकास समिति तथा अनलाइनबाट फराम उपलब्ध हुने जानकारी गराइएको छ ।

प्रतियोगीतामा एक सय ५५ जनाको सहभागीता रहने आयोजकको अनुमान रहेको छ भने प्रतियोगीसबैलाई प्रमाणपत्र तथा मेडल वितरण गरिने छ । नेपाल प्रहरी, नेपाल आर्मि, सशस्त्र प्रहरी, खेलाडी तथा सर्वसाधारणले उक्त प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन ।



प्रतिक्रिया दिनुहोस्