Logo

लायन्स क्लब गोरखा सिटिको स्थापना



काठमाडौं । गोरखामा ‘लायन्स क्लब अफ गोरखा सिटि’को विधिवत स्थापाना भएको छ। हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त सस्थाले विश्वभर दुई सय भन्दा बढि मुलुकमा आफ्नो कार्यलाई जारी राख्दै आएको छ ।

हाजारौ क्लब र लाखौको संख्यामा लायनका सदश्यले सामाजिक कार्यमा आफुलाई अगाडि बढाई रहेकोे समयमा सोहि अनुसार गोरखामा पनि संस्था संचालनमा ल्याइएको हो ।


लामो समयदेखि लियो क्लब गोरखामा आवद्व सदस्यहरुले आफुले लियो बाट प्राप्त सिकाइ र अनुभवको आधारमा उक्त क्लबमा रहेर सामजिक कार्यलाई अझै शसक्त रुपमा लैजाने उद्देश्यकासाथ् क्लबको स्थापना गरिएको संस्थाका नव नियुक्त अध्यक्ष कर्ण बहादुर गुरुङको भनाई रहेको छ ।

लायन्स क्लब अफ पोखरा प्याराडाइजको सहआयोजनामा संस्थाले मंगलबार गोरखा सदरमुकाम स्थित होटल गोरखा प्यालेसमा एक कार्यक्रमका बीच पूर्ण कार्यसमितिको पनि चयन गरेको छ ।

 

चयन भएको कार्यसमितिमा कर्ण बहादुर गुरुङ संस्थाका अध्यक्षमा सर्व–सम्मत चयन भएका छन भने प्रथम उपाध्यक्षमा जे वानियाँ, सचिवमा सन्दिप खत्री, कोषाध्यक्षमा रबिन बलामी, क्लबका एडमिनमा अस्मिता थापा मगर, मेम्बरसीप चियरपर्सनमा सुमन श्रेष्ठ, कर्डिनेटरमा टेक बहादुर थापा मगर, क्लब सर्भिस चियरपर्सन रिक्त बहादुर बानियाँ, क्लब मार्केटिङ कम्युनिकेसन तारा बहादुर थापा, क्लब मार्केटिङमा सबिन केशी पिआरमा प्रबिन श्रेष्ठ, चिफ प्रोग्राम संयोजकमा रेखा तामाङ लोप्चन, शिक्षा बिभाग प्रमुख कृष्ण पुडासैनी चयन भएका छन ।

त्यसैगरी, स्वास्थ्य बिभाग प्रमुखमा शिवराज जोशी, खेलकुद बिभाग प्रमुखमा नरेश बराम, मनोरञ्जन बिभाग प्रमुखमा मन्जु गुरुङ, मिडिया संयोजकमा मिलन उपरकोटी तथा गाइड लाइनमा बिकास थापालाई नियुक्त गरिएको छ ।

सस्थाले कार्यसमितिको गठनसंगै अध्यक्ष गुरुङको अध्क्ष्यतामा सम्पन्न बैठकबाट सस्थाको सचिवालय कार्यालय रहने स्थान र आर्थिक कारोवारलाई दुरुस्त र पारदर्शी बनाउन नेपाल राष्ट्र बैंकबाट क बर्गको मान्यता प्राप्त बैंकमा खाता खोल्ने र सबै हिसाब किताव पारदर्शी बनाउने निर्णय गरेको छ ।

सस्थाले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाइ प्रर्वद्वन गराउने उदेश्यका साथ नयाँ कार्यक्रमको आयोजना गर्दे जाने बताउदै सस्थामा धेरै भन्दा धेरै युवालाई प्रवेश गराई संस्थालाई सामाजीक कार्यमा सर्मर्पित गराउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्