काठमाडौं, १६ साउन । राष्ट्रिय मानवअधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भएका उजुरीका विषयमा जानकारी लिएको छ ।
आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा गएको टोलीले उक्त आयोगका सचिव कृष्णजीवी घिमिरेसँग आज छलफल गरी बेपत्ता व्यक्तिको उजुरीउपर भएको प्रारम्भिक तथा विस्तृत छानबिनको अवस्था सम्बन्धमा छलफल गरी उजुरी फाइलको व्यवस्थापन र सुरक्षा अवस्थाको अवलोकन गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।
भेटमा दुवै आयोगबीच सङ्क्रमणकालीन न्यायको व्यवस्थापनमा एकापसमा समन्वय र सहकार्यबाट अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो ।