Logo

माल्दिभ्सको पूर्व उपराष्ट्रपति भारतबाट पक्राउ



नयाँ दिल्ली । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदीबविरूद्ध परेको मुद्दामा सफाई दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीबलाई भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट पक्राउ गरिएको भारतीय अधिकारीहरूले एएफपीलाई बताएका छन् ।

उहाँ भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उहाँलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताउनुभयो ।

अदीबलाई यमीन राष्ट्रपति रहेको समय उपराष्ट्रपति भएकै वेला हत्या प्रयास र विभिन्न भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि नयाँ सुनुवाई हुने तयारी रहेका समय भारत प्रवेश गरेको अनुमान गरिएको छ । अदीब गत बर्षको राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभएको थियो ।

नाम उल्लेख नगर्ने शर्तमा भारतीय एक अधिकारीले भने, गलत प्रबेशद्वारबाट भारत आउन खोजेका अदीबसँग भारत प्रबेश गर्ने क्रममा राहदानी नरहेको भेटेपछि उहाँलाई पक्राउ गरिएको हो ।

यसैबीच माल्दिभ्सको प्रहरीले अदीबलाई उहाँविरूद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न स्वदेश फिर्ता गराउने पहल शुरू गरिएको बताएको छ ।

उहाँमाथि यमीनको कार्यकालमा उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका समय राज्यकोषको दुरूपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागतरूपमा फिर्ता ल्याउने पहल गरिनेछ ।

हामी अहिले छिमेकी मुलुक भारतसँग अदीबलाई भारत फिर्ता गर्न सम्पर्क गरिरहेका छौँ, माल्दिभ्स प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्स प्रहरीका अनुसार अदीबले बुधबार उहाँमाथि परेको मुद्दाबारे आफ्ना भनाई राख्नुपर्ने तालिका रहेको थियो तर उहाँ सम्वन्धित निकायमा उपस्थित हुनुभएन । माल्दिभ्स सरकारले अदीबको पासपोर्टलाई अनुसन्धानका क्रममा जफत गरेको बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्