काठमाडौं । कैलालीको धनगढीमा नक्कली नोट सहित एकजना पक्राउ परेका छन। पक्राउ पर्नेमा ३४ वर्षीय छेदुराम डगौरा चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
चौधरीले धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ स्थीत सेती अस्पतालको फार्मेसीमा एक अपरिचित व्यक्तिलाई एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट सटहि गरि लगेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी कार्य सुरु गर्दा उनी पक्राउ परेका हुन ।
हुलियाको आधारमा चौधरीलाई उप–महानगरपालिकाकै वडा नम्बर १ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीको साथ बाट एक हजारका थप ४ वटा सहित २१ वटा नक्कली नोट बरामत गरिएको छ । प्रहरीले खोटा चलान शिर्षकमा अदालतबाट म्यादथप गरि थप अनुसन्धान भईरहेको जनाएको छ ।