काठमाडौं । छिमेकी मुलुक भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । एकजना गर्भवती महिला व्यथाले च्यापेपछि अस्पताल भर्ना भइन् । गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्किएको खवर अहिले समाचार भारतीय सञ्चार माध्ययममा चर्चामा छ ।
हाजिपुरको सुल्तानपुरमा बस्ने रुपा नाम गरेकी ती महिलाको मंगलबार बेलुका एक्कासी पेट दुखेपछि परिवारका सदस्यले उनलाई सुत्केरी व्यथा सुरु भएको ठाने र तुरुन्त नजिकैको अस्पताल पुर्याएका थिए ।
जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासंगै बन्दुकको गोली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे र प्रहरीलाई खवर गरे ।
महिलाले प्रहरीलाई दिएको प्रारम्भीक बयानका क्रममा आफु घरको ढोकामा उभिएको समयमा अचानक केहि आवाज आएको तर आफैलाई कसैले गोली हानेको भन्ने सम्म थाहा पाउन नसकेको बताएकी छन ।
उक्त आवाज आएको केहि समयपछि उनले असहज पीडा महशुस गरेको बताउदै परिवारलाई पेट दुखेको सुनाएकी थिइन । समाचारमा जनाइए अनुसार उक्त गोलिले महिला र बच्चालाई भने कुनै हानी पारेको देखिएको छैन ।अहिले घटनालाई लिएर प्रहरीले आवश्यक थप अनुसन्धान अगाडी बढाएको छ । एजेन्सी