Logo

साउदी अरेबियामा महिलालाई स्वतन्त्र रुपमा विदेश भ्रमणको छुट



साउदी अरेबियाले महिलाप्रति अर्को उदार नीति ल्याएको छ । कट्टर मुस्लिम देश साउदीले महिलालाई विदेश घुम्दा अभिभावकविना घुम्न पाउने नीति बनाएको हो ।

१७ साउनमा साउदीले नयाँ कानुन सार्वजनिक गर्दै महिलाप्रति उदार नीति सार्वजनिक गरेको हो । अब २१ वर्ष पुगेका साउदी महिलाले पुरुष अभिभावक विना नै विदेश जान निवेदन दिन सक्नेछन् । उनीहरुलाई विदेश जान अभिभावकको अनुमति चाहिने छैन र स्वतन्त्र रुपमा घुम्न जान सक्नेछन् ।

यसअघि साउदी महिलाले पासपोर्ट पाउन वा विदेश जान पुरुष अभिभावकको अनुमति लिनुपथ्र्यो । उनीहरु बाबु वा पतिको संरक्षणमा रहेर पासपोर्ट पाउँथे वा विदेश जान्थे ।

महिलालाई बचको जन्म दर्ता, विवाह र पारपाचुकेका लागि निवेदन दिनसक्ने अधिकार पनि दिएको छ ।
साउदी राजकुमार मोहम्मद विन सलमान शक्तिमा आएपछि एकपछि अर्को उदार नीति ल्याइरहेका छन् । उनले महिलालाई घरबाहिरको कामकाजमा समेत सक्रिय बनाउने नीति ल्याएका छन् ।-एजेन्सी, Photo: alarabia



प्रतिक्रिया दिनुहोस्