Logo

भरखरै इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी



जाकार्ता । इन्डोनेसियामा शुक्रबार ७।४ म्याग्निच्युडको भूकम्प गएको छ ।

देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७।३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् ।

बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ ।

अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्