Logo

पत्रकार दाहालमाथि कार्यालयमै कुटपिट, मोडेल अस्पतालमा उपचार हुँदै



काठमाडौं, १७ साउन । पत्रकार प्रकाशचन्द्र दाहालमाथि अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । दाहाल सञ्चारखबर अनलाइनका सम्पादक हुन् । शुक्रबार बागबजारस्थित दाहालको कार्यालयमै पुगेर ४–५ जनाको अज्ञात समूहले कुटपिट गरेको हो ।

उनीहरुले पत्रकार दाहाललाई हेल्मेट समेतले प्रहार गरेका छन् । कुटपिटमा को को सहभागी छन् ? भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन् । घाइते पत्रकार दाहालको प्रदर्शनी मार्ग्स्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्