Logo

कङ्गोमा इबोलाको त्रास



लामो गृहयुद्धले तंग्रदै गरेको अफ्रिीकी मुलुक कङ्गो इबोलाको त्रासमा परेको छ । इबोला भाइरसका कारण मानिसहरुको मृत्यु हुन थालिसकेको छ ।

इबोला फैलिएपछि तीन भागको एक भाग मात्र बचेको तथ्यांक छ । त्यसैले कङ्गोमा भएका विदेशीहरु पनि फर्किन थालेका छन् । कङ्गोका छिमेकी देशहरुले सीमानाका कडाई गरेका छन् । रुवान्डाले कङ्गोसँगको नाका बन्द गरेको छ ।

कङ्गाको सरकारी तथ्यांक अनुसार सन् २०१८ को अगष्टयता कङ्गोमा मात्र इबोलाको संक्रमणबाट १७ सय जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार २६ सय जनालाई इबोलाको संक्रमण भएकोमा ७७० मात्र बाचेका थिए । Photo: phys.org



प्रतिक्रिया दिनुहोस्