Logo

माधव नेपालले किन उठाए रामको जन्म नेपाल भन्ने कुरा ?



काठमाडौं, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले युवा पुस्ताले सुरु गरेको राष्ट्रिय पोशाक अभियानमा आफ्नो पूरा साथ, समर्थन र सहयोग रहेको स्पष्ट पारेका छन् ।

शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता नेपालले भने,‘हामीले अब यो राष्ट्रिय शान र मानलाई कसरी माथि उठाउन सकिन्छ ? भनेर सोच्नुपर्छ । सम्पूर्ण नेपाली जनताको मन, मस्तिष्कमा हामी नेपाली हौं । हामी नेपाल राष्ट्रका सन्तति हौं । हामीलाई हाम्रो देश नेपालप्रति माया छ । त्यो भावनालाई हेर्ने महान अभियानमा तपाईहरुले पहिलो ईँटा, त्यो हवनमा राख्न खोज्नुभएको छ । त्यसकारण यो अभियान अभियानहरुको पहिलो श्रृंखला हुनसक्छ ।’

नेता नेपालले गौतम बुद्धलाई पनि स्मरण गरे । नेपालमा वेद, पूराण, उपनिषेदहरुको पनि सृष्टि भएको उनले सुनाए । उनले भने,‘वेद र व्यासको जन्म यही नेपालमा भएको हो । बाल्मिकीको पनि यही नेपालमा जन्म भएको हो । नेपाल त यस्तो पुण्यभूमि हो । हामीले यो हाम्रो भूमिको गौरव गर्नुपर्दछ ।’

उनले नेपाल एकल जातीय देश नभएको जिकिर गरे । उनले भने,‘नेपाल एकल जाती र एकल भाषा भएको देश होईन । यो एकल धर्म भएको देशपनि होईन । नेपालको आफ्नै पहिचान छ । विश्वका ठूला धर्महरु हिन्दू र बुद्धको उत्पत्ति नेपालमै भएको हो । यो देश राजा जनककी छोरी सीताको थलो हो । रामको पनि जन्म नेपालमै भएको हो भनेर हाम्रो प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । यसमा जोड दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot