रुपन्देही । प्रहरीले भालुको छाला, पित्त र दाँत सहित तीनजनालाई पक्राउ गरेको छ । सैनामैना नगरपालिका-१० सालझण्डीस्थित होटलबाट १६ साउनको साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले अर्घाखाँची साज महल होटल एण्ड लजको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका दुई बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका ७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका एक बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।