Logo

भारतीय विदेशमन्त्री अगष्टमै नेपाल आउने



काठमाडौं, १७ साउन । भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर यही अगष्टको २४ वा २५ तारिखमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणको गृहकार्य थालिसकेका छन् । उनले आफ्नो पहिलो विदेश भ्रमण भुटानबाट सुरु गरेका थिए ।

उनको नेपाल भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै विदेशमन्त्री जयशंकरलाई नेपाल पठाउन लागेका हुन् । नेपाल मामिलाका जानकारसमेत रहेका जयंशकर नेपाली राजनीतिमा अत्यन्तै चर्चित नाम हो ।

भुटान भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङ र भुटानी समकक्षी टेन्डी दोर्जेसँग भेटवार्ता गरेका थिए । मोदीको ५९ सदस्यीय मन्त्रिपरिषद्मा उनी गैरराजनीतिक पृष्ठभूमिबाट मन्त्री बनेका हुन् ।

RELATED NEWS : 

https://reportersnepal.com/rudra/2019/05/320626.html/

https://reportersnepal.com/kamal/2019/07/332054.html/



प्रतिक्रिया दिनुहोस्