अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसहितको नयाँ आणविक सन्धीको चाहना राखेका छन् । शितयुद्धताका रुससँग गरेको सन्धीबाट पछि हट्ने अभिव्यक्ति आएलगत्तै १७ साउनमा ट्रम्पले नयाँ सन्धीको आवश्यकता औल्याएका हुन् ।
रुस र चीनसहितको सन्धीप्रति दुवै देश उत्साही भएको ट्रम्पको दाबी छ । नयाँ सन्धी कस्तो हुन्छ भन्ने प्रष्ट भएको छैन ।
यसअघि तत्कालिन सोभियत संघ अमेरिकाले गरेको सन्धी अनुसार ५०० देखि साँढे पाँच हजार दूरी मार हान्न सक्ने क्षेप्यास्त्रमाथि बन्देज लगाइएको थियो । रुसले सन्धी उल्लंघन गर्दै आएको अमेरिकी आारोप छ । रुसले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकाले सन्धीबाट पछि हट्ने घोषणा गरेपछि सँसारभर आणविक हतियारको होडवाजीको डर पैदा भएको थियो । सन् १९८७ मा सोभियत नेता मिखाइल गोर्भाचोव र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफ नाम सन्धीमा हस्ताक्षर गरेका थिए । सन् १९९१ मा लामो दुरीका २७ सय क्षेप्यास्त्र नष्ट गरिएका थिए । Photo Source: Foreign Affairs