काठमाडौं, १८ साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पति कब्जा गर्नेहरू सामाजिक अपराधी भएको भन्दै तिनीहरुको विरुद्धमा सबै सचेत नेपाली नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।
शनिबार बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक पार्क उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको टिप्पणी गरे । उनले सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाममा बनाउन नेता,वकिल, केही सञ्चार क्षेत्र लागेको आरोप लगाए ।