Logo

तीनखम्बे अर्थनीतिे अवलम्बन होस्



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

नेपाली वामपन्थी आन्दोलनका कर्मठ योद्धा एवं कुशल सङ्गठक जीवराज आश्रितको ७५औँ जन्मजयन्तीको सन्दर्भमा जीवराज आश्रित फाउण्डेशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको विकास आर्थिक विकास भएको भन्दै तीनखम्बे अर्थनीतिलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “जीवराज आश्रितका लोकतन्त्रलगायतका न्यूनतम सपना पूरा भएका भएका छन्, तर समाजवादी सपना अझै पूरा हुनसकेको छैन, अबको नयाँपुस्ताले त्यो सपना गर्नुपर्ने छ ।”

वरिष्ठ नेता खनालले स्व नेता आश्रित कुशल सङ्गठक मात्र नभएर सिद्धान्तकारलगायत बहुआयामिक व्यक्तित्व भएको भन्दै नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको कदर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot