Logo

मुलुक र जनतालाई प्राथमिकतामा राख्न सके कोही असफल हुँदैनौं : माधव नेपाल



भ्रष्टाचार नियन्त्रणको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्छु : ऋषि धमला

काठमाडौं, १८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । हेम-सरिता पाठक फाउण्डेशनले शनिबार काठमडौमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले मुलुक र जनतालाई प्राथमिकतामा राख्न सके कोही असफल नहुने पनि स्पष्ट पारे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले राज्यको हरेक संयन्त्रमा बस्ने व्यक्तिहरुले निडर भएर काम गर्न सक्नुपर्ने धारणा राखेका थिए । उनले जनता र देशका लागी जिवन समर्पित गरेर समाजमा शिर ठाडो पार्ने काम गर्नुपर्ने जिकिर गरे ।

यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राईम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले हेम सरिता पाठक फाउण्डेशनको प्रशसा गर्दै आफुले पनि साथ दिने बताए । उनले पत्रकारहरुले भ्रष्टचारविरुद्ध कमल चलाउनुपर्ने बताउदै आफुले पनि भ्रष्टाचारको विरुद्धमा भण्डाफोर गर्ने र सुशासनको पक्षमा आवाज बुलन्द पार्ने प्रतिबद्धता जनाए । धमलाले भ्रष्टाचार नियन्त्रणको लागि आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भुमिका निर्वाह गर्ने पनि विश्वस दिलाए ।

कार्यक्रममा फाउण्डेसनका संरक्षक हेम पाठकले नेपालमा भ्रष्टचार कम भएको महसुश नभएको बताए । पछिल्लो एक दशकमा भ्रष्ट्राचार कम नभएको आफुले पाएपनि भ्रष्टचार गर्नेहरुलाई बहिस्कार गरिनुपर्ने धारणा राखे ।

कार्यक्रममा फाउण्डेशनको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ । त्यस्तै यसैगरी, पाँचसय अमेरिकी डलर बराबरको टंकप्रसाद रमादेवी साधना पुरस्कारबाट झापाका चन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ । यस वर्षको हेम सरिता संगीत पुरस्कार वरिष्ठ कलाकार जेबी टुहुरेलाई प्रदान गरिने गरिएको छ । पुरस्कारको राशि एक हजार अमेरिकी डलर छ ।



प्रतिक्रिया दिनुहोस्