Logo

बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु



अमेरिकामा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । टेक्सास राज्यको यस पासोमा २१ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाएका थिए ।

१९ साउनको स्थानीइ समको १० बजे भएको घटनामा २० जनाको मृत्यु हुनाको साथै २४ जना घाइते भएको टेक्सास गभर्नरले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका र टेक्ससको सीमा नजिकै एउटा स्टोरमा घटना भएको थियो । बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बन्दुकधारी डल्लास निवासी प्याट्रिक क्रुसिअस भएको अमेरिकी मिडियाले बताइरहेका छन् ।


अमेरिकी टेलिभिजनहरुले सीसीटीभी फुटेज देखाउँदै एकजना बन्दुकधारीले अत्याधुनिक हतियार बोकेको देखाइरहेका छन् । घटनामा धेरैजसो कामदार परेको बताइएको छ ।

अमेरिकामा पछिल्लो समय बन्दुकधारीहरुको आक्रमण बढेर गएको छ ।-एजेन्सी Photo: The Indepdent



प्रतिक्रिया दिनुहोस्