Logo

भारत र पाकिस्तानबीच काश्मिरमा तनाव, घुसपैठीलाई मारिदिएको भारतको भनाइ



भारत र पाकिस्तानबीच काश्मिरमा तनाव बढेको छ । नियन्त्रित रेखामा आतंकवादी घुसपैठ र आक्रमण हुनसक्ने भन्दै भारतले अमरनाथ यात्रा रोकेको केही दिनमै आतंककारीलाई मारिदिएको जनाएको छ ।

पाकिस्तानको सीमा सुरक्षा गार्ड र केही आतंककारीको शव भारतीय क्षेत्रमा फेला परेको भारतीय सेनाले १८ साउनमा जानकारी दिएको हो । भारतीय सेनाले विज्ञप्तिमार्फत चारजनाको शव फेला पारेकोमध्ये पाकिस्तानी सीमा सुरक्षा गार्ड र आतंककारीको भएको जनाएको छ ।
आतंककारी हमलाको उद्देश्यले छिरेकाहरुलाई समयमै पत्ता लगाउन सक्दा ठूलो आक्रमणबाट जोगाउन सकिएको समेत उल्लेख छ । अमरनाथ यात्रा गर्मीयामको केही महिनामात्र खुल्दा तीर्थयात्रुहरुको भीड लाग्छ । यही मौकामा आतंककारी हमला गर्न खोजिएको भन्दै भारतले तीर्थयात्रीहरुलाई केही दिनयता रोक्दै आएको थियो ।


भारतीय रक्षा मन्त्रालयले आक्रमणको उद्देश्यले बारुदी सुरुङमा प्रयोग हुने हतियार समेत फेला परेको जनाएको छ । भारतले गुप्तचरमार्फत् अमरनाथ यात्रीमाथि आक्रमण गर्न खोजिएको सूचना पाएको जनाइएको छ । भारतीय सेनाले पत्रकार सम्मेलनमार्फत् पाकिस्तानी सेना काश्मिरमा आतंककारी हमलामा संलग्न रहेको आरोप समेत लगाएको छ । Photo: Dailyhunt



प्रतिक्रिया दिनुहोस्

Screenshot