Logo

प्रभासको विवाह तयारीमा उनको परिवार, यी हुन बेहुली



काठमाडौं ।बाहुबली स्टार प्रभास तेलुगू फिल्म उद्योगका अविवाहित अभिनेता हुन् जसको चर्चा युवतीमाझ निकै रहदै आएको छ ।

पछिल्लो समय प्रभासको नाम बाहुबलीकी को स्टार अनुष्का शेट्टीसँग जोडिदै आएपनि अव भने उनको विहेको हल्ला परिवारबाटै शुरु भएको छ । भारतीय अनलाईनले लेखेको समाचार अनुसार अहिले प्रभासको परिवार फिल्म साहो रिलिज भएपछि विवाह गरिदिने तयारीमा जुटेका छन् ।

अमेरिकामा व्यापार गर्दै आएका एक व्यापारीकी छोरीसँग विवाह गराउने तयारी रहेको समाचारमा जनाइएपनि यसको पुष्टि भने भइनसकेको समाचारमा उल्लेख छ।

प्रभासका काका कृष्णम राजूले गत वर्ष प्रभासले यो वर्ष विवाह गर्ने मिडियामा बताएका थिए । प्रभासका काकाले परिवारको इच्छाको बारेमा बताएका थिए तर प्रभासले भने विवाह नीजि मामला भएको बताएका थिए ।

एक भारतीय अनलाइनमा प्रभासकी बहिनीले अन्तर्वार्ताका क्रममा आफूहरु दाइको विहेको प्रतिक्षमा रहेको बताएकी थिइन् । दाइले लामो समय आफूहलाई नकुराउने उनले बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot