Logo

सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड



काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने चर्चाले अहिले भारतीय सञ्चार माध्ययम तातेको छ।

सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेका खवर अहिले बलिउडमा हट केक बनेर छाएको छ । करन ललित बुटानीले निर्देशन गर्ने भनिएको उक्त चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ ।

ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै यस विषयको जानकारी दिए । चलचित्रलाई सुनिल जैन, ओमप्रकाश भट्ट, आदित्य जोशी आलोक ठाकुर र सञ्जय शंकरवरले निर्माण गर्नेछन् । एक्सन ड्रामा फिल्म ‘क्वाथा’मा शर्माले प्रहरी अधिकारीको भूमिका निभाउने छन् ।

चलचित्र सन् २०२० मा रिलिज गरिने बताइएको छ । यसअघि इसाबेलले सुरज पञ्चोलीसँग स्टान्ली डिकोस्टाद्वारा निर्देशत टाइम टु डान्सबाट बलिउडमा डेब्यु गर्ने बताइएको थियो ।



प्रतिक्रिया दिनुहोस्